धितोपत्र बोर्डको छड्के सूची सफाइ: १४ कम्पनीको ‘आईपीओ’ सपना रोकियो, के अब पुनः मौका पाउलान् ? « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

धितोपत्र बोर्डको छड्के सूची सफाइ: १४ कम्पनीको ‘आईपीओ’ सपना रोकियो, के अब पुनः मौका पाउलान् ?



काठमाडौं । धितोपत्र बजारमा प्रवेशको ढोका ढकढक्याइरहेका एक दर्जन कम्पनीलाई झड्का लागेको छ।

नेपाल धितपत्र बोर्ड (सेबोन) ले प्राथमिक सेयर (आइपिओ) निष्कासनको तयारीमा रहेका १४ कम्पनी सूचीबाट हटाइदिएको हो ।

बोर्डको यसपटकको सूची सफाइ अभियानले खासगरी जलविद्युत् क्षेत्रका कम्पनीहरूलाई ठुलो झट्का दिएको छ।

सूचीबाट औषधि, पर्यटन, सञ्चारदेखि लिएर आकाशमा उड्ने हेलिकप्टरसम्मका कम्पनी छन्।

बोर्डका उच्च अधिकारीका अनुसार विद्युत खरीद सम्झौता (पीपीए) नगरेका तथा वित्तीय स्वास्थ्यको सूचक नेटवर्थ ९० रुपैयाँकम भएका कम्पनीहरूको प्रस्तावलाई हालका लागि सूचीबाट हटाइएको ही। यद्यपि, आईपीओको प्रतीक्षा सूचीबाट हटिए पनि ढोका पूरै बन्द भइसकेको छैन। हाल सूचीबाट हटेका कम्पनी हरुले मापदण्ड पुरा गरे पुनः आवेदन दिन भने सक्नेछन्।

सूची बाट हटाइएको जलविद्युत् कम्पनीतर्फ लाफिङ बुद्ध पावर नेपाल, याम्बालिङ हाईड्रोपावर, युनिक हाईड्रोपावर, बेनी हाईड्रो, पुवाखोला वान हाईड्रो, सानिमा हाईड्रो, रिचेट हाईड्रोपावर, झापा इनर्जी लगायतका छन्।

यस्तै,एकर्ड फर्मास्युटिकल्स, एपेक्स हस्पिटालिटी, अन्नपूर्ण केवलकार, अर्किड होल्डिङ, प्रभु हेलिकप्टर, कान्तिपुर टिभी छन् ।


प्रतिक्रिया दिनुहोस्