बैंक अफ काठमाण्डूको सीईओ पन्तकाे कार्यकाल सकियाे, कामु सीईओकाे जिम्मेवारी मास्केलाई

काठमाडौं। बैंक अफ काठमाण्डू (बिओके) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) बाट शोभनदेव पन्त अवकाश भएका छन् । पन्तकाे बैंक अफ काठमाण्डूको सीईओ पदमा ४ बर्से कार्यकाल सकिएकाे छ । उनको कार्यकाल भदौ ४ गते सकिदै छ । उनी सोमबारदेखि बिदामा बसेका हुन् ।
त्यस्तै बैंक सञ्चालक समितिले कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मा डेपुटी सीईओ रहेका श्रवणलाल मास्केलाई दिएको छ। मास्केकाे कार्यकाल भदाै ४ गतेबाट लागुहुने छ ।
बैंक अफ काठमाण्ठू आउनुअघि पन्त लुम्बिनी बैंकको प्रमुख कार्यकारी अधिकृत रहेका थिए । पन्तलेनै डुब्न लागेको लुम्बिनी बैंकलाई बलियो बनाएर बैंक अफ काठमाण्ठूसँग मर्ज गराएर बाहिरिएका थिए । पन्त बैंकिङ क्षेत्रमा पुराना र ३५ बर्षभन्दा बढीको अनुभव रहेको छ ।