‘दशैंमा नबिलको सुनौलो उपहार, फिक्स्ड डिपोजिटमा उत्कृष्ट ब्याजदरको बहार’

काठमाडौं । नबिल बैंकले उत्कृष्ट दशैं अफर सञ्चालनमा ल्याएको छ । बैंकले ‘दशैंमा नबिलको सुनौलो उपहार, फिक्स्ड डिपोजिटमा उत्कृष्ट ब्याजदरको बहार’ योजना सार्वजनिक गरेको हो ।
बैंकले असोज १ गतेदेखि लागू हुनेगरी ब्यक्तिगत मुद्दती खातामा ९.२६ प्रतिशत ब्याजदर उपलब्ध गराउने भएको हो । गत बर्षको अपार सफलतापछि यस बर्ष पनि बैंकले मुद्दती खाता ९.२६ प्रतिशत ब्याजदरको योजना ल्याएको जनाएको छ ।
नबिल बैंकले दसैं पर्वको अवसर पारेर व्यक्तिगत मुद्दती खातामा नयाँ योजना ल्याएको हो । ग्राहकले मिहिनेतले कमाएको रकम राख्ने व्यक्तिगत मुद्दती खातामा उच्च ब्याजदर प्रदान गर्ने भएको हो ।
