सानिमा बैंकको १७ प्रतिशत बोनस शेयर घोषणा, नगद कति ? « Arthapath.com
६ आश्विन २०७८, बुधबार

सानिमा बैंकको १७ प्रतिशत बोनस शेयर घोषणा, नगद कति ?



काठमाडौं । सानिमा बैंकले लाभांश वितरण गर्ने भएको छ । बैंकको असोज ६ गते बसेको सञ्चालक समितिको बैठकले १७.८९ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

बैंकले गत आर्थिक वर्ष २०७७–७८ को नाफाबाट चुक्ता पूँजीको १७ प्रतिशत बोनस शेयर र ०.८९ प्रतिशत (कर प्रयोजन) नगद गरी कूल १७.८९ प्रतिशत लाभांश वितरण गर्ने भएको हो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारणसभाले पारित गरेपछि मात्रै शेयरधनीहरुले पाउनेछन् ।


प्रतिक्रिया दिनुहोस्