एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद शेयर असोज २५ गतेदेखि खुला गरिने, क-कसले आवेदन दिन पाउँछन् ? « Arthapath.com
७ आश्विन २०७८, बिहीबार

एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद शेयर असोज २५ गतेदेखि खुला गरिने, क-कसले आवेदन दिन पाउँछन् ?



काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले असोज २५ गतेदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । बैंकले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ३ कित्ता शेयर अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने भएको हो ।

बैंकको हाल कायम चुक्ता पूँजी ८१ करोड ११ लाख २१ हजार २२४.७२ रुपैयाँको १ सय रुपैयाँ अंकित दरमा २४ करोड ३३ लाख ३६ हजार ३६७ रुपैयाँ बराबरको २४ लाख ३३ हजार ३६३.६७ कित्ता हकप्रद शेयर निष्काशन गर्ने भएको हो ।

बैंकको हकप्रदमा कात्तिक १४ गतेसम्म आवेदन दिन सकिनेछ । बैंकको हकप्रद शेयरको बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । हकप्रदमा एनआईबिएल एस क्यापिटल तथा एक्सेल डेभलपमेन्ट बैंकका सम्पूर्ण शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । त्यस्तै, धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मेरोशेयरबाट पनि आवेदन दिनसकिनेछ ।

हकप्रद निष्काशनका लागि बैंकले असोज १ गतेदेखि शेयर दाखिला खारेजी (बुकक्लोज) गरेको थियो । त्यसैले भदौ ३१ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन्।

क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले बैंकलाई इक्राएनपी आईआर त्रिपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ। यसले वित्तीय दायित्व पुरा गर्न मध्यम जोखिममा रहेको संकेत गर्दछ ।


प्रतिक्रिया दिनुहोस्