सिद्धार्थ बैँकद्वारा जोन्टा क्लब अफ काठमाडौँलाई ५ लाख रुपैयाँ सहयोग « Arthapath.com
७ आश्विन २०७८, बिहीबार

सिद्धार्थ बैँकद्वारा जोन्टा क्लब अफ काठमाडौँलाई ५ लाख रुपैयाँ सहयोग



काठमाडौं । सिद्धार्थ बैंकले आज आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रम अन्तर्गत रु ४ लाख ९७ हजार २ सयको चेक जोन्टा क्लब अफ काठमाडौंलाई हस्तान्तरण गरेको छ । उक्त कोषलाई जोन्टा अभियानको घरेलु हिंसामा जागरूकता फैलाउनको लागी प्रयोग गरिने छ ।

सिद्धार्थ बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कडँेलले जोन्टा क्लब अफ काठमाडौँका अध्यक्ष सीमा गोल्छालाई चेक हस्तान्तरण गर्नुभयो ।

जोन्टा काठमाडौंले हिंसा पीडित रहेका चेली र महिलाहरुलाई सहयोग गर्न विभिन्न साझेदारहरु संग काम गरिरहेको छ र ललितपुर महानगरीय पुलिस १०० हेल्पलाइन संग पनि सहकार्य गरेको छ ।

२००२ मा स्थापित सिद्धार्थ बैंक लिमिटेड बैँकिंग र रेमिट्यान्स सेवाहरु प्रदान गर्ने नेपालको सबैभन्दा ठूलो निजी वाणिज्य बैंकहरु मध्यको एक हो । बैंकको देश भरीमा १८० वटा भन्दा बढी शाखाहरु छन् र यसको प्रधान कार्यालय काठमाडौं मा अवस्थित रहेको छ ।


प्रतिक्रिया दिनुहोस्