राष्ट्र बैंक ९१ दिन र १८२ दिन अवधिका दुई ट्रेजरी बिल बिक्री गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले विभिन्न अवधिका तीनवटा ट्रेजरी बिल बिक्री गर्ने भएको हो । राष्ट्र बैंकले सोमबारका दिन १२ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।
राष्ट्र बैंकका अनुसार ९१ दिनको लागि ९ अर्ब १० करोड, १८२ दिन अवधिका लागि ३ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । ९१ दिनको बिल २०७८ साल पौष १३ गतेका दिन परिपक्व हुनेछ । त्यस्तै, १८२ दिनको ट्रेजरी बिल २०७८ साल १२ महिना १५ गतेका दिन परिपक्व हुने राष्ट्र बैंकले जनाएको छ ।
उक्त दुबै बिलको बोलकबोल भोलि सोमबारका दिन हुनेछ भने मंगलबार बिक्री गरिनेछ । राष्ट्र बैंकले बेला बेलामा आन्तरिक ऋण उठाउनका लागि ट्रेजरी बिल बिक्री गर्दै आएको छ ।
