वर्ल्ड रेमिटबाट एनआईसी एशिया बैंकको खातामा पैसा पठाउँदा ४ सय रुपैयाँ बोनस पाइने

काठमाडौं । एनआईसी एशिया बैंकले डिजिटल रेमिट्यान्सलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ बेलायत, अष्ट्रेलिया लगायतका देशहरूमा बसोबास गर्ने नेपालीहरूको लागि वडादशैंको अवसरमा वर्ल्ड रेमिटबाट एनआईसी एशिया बैंकको खातामा रकम पठाउँदा ४ सय रुपैयाँ बोनस रकम उपलब्ध गराउने योजना सार्वजनिक गरेको छ ।
बैंकले सार्वजनिक गरेको यो योजना असोज ११ गतेदेखि कार्त्तिक १० गतेसम्म लागू हुनेछ । यस योजनाबाट डिजिटल कारोबारमा सहयोग पुग्नुका साथै विदेशमा बसेर कमाएको रकम सहज रुपमा खातामा जम्मा गर्न सकिनेछ ।
यो योजना ४ सय रुपैयाँ बोनस रकम योजना अवधिभर पहिलोपटक गरिएको कारोबारमा मात्र लागू हुनेछ । बैंकले वर्ल्ड रेमिटको वेबसाइट तथा एपमार्फत विदेशमा रहेका नेपाली नागरिकहरूले स्वदेशमा रहेका परिवार तथा आफन्तलाई जुनसुकै बेला रकम पठाउन सकिन्छ ।