बैंक अफ काठमाण्डूका ग्राहकलाई दराजको दशैं धमाका योजनामा २०% सम्म छुट
काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडको डेबिट तथा क्रेडिट कार्ड बाहक महानुभावहरुले दराजको दशैं धमाका योजनामा २०% सम्म छुट पाउने भएका छन् ।
नेपालीहरुको महान चाड दशैंलाई लक्षित गरी दराजले असोज १० गतेबाट संचालनमा ल्याएको दशैं धमाका योजनामा बैंकको कार्डबाहक महानुभावहरुले आफ्नो डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइनको माध्यमबाट प्रिपेमेन्ट गर्दा २०% सम्मको छुटको सुबिधा उपयोग गर्न सक्नेछन् ।
बैंकको कार्डबाहक महानुभावहरुले यस योजनाबाट आफुलाई आवश्यक सामान खरिद गरी अनलाइन माध्यम मार्फत प्रीपेमेन्ट गर्दा बैंकको डेबिट कार्ड प्रयोग गर्नुभएमा २०% वा अधिकतम रु.२,००० सम्म छुट र क्रेडिट कार्ड प्रयोग गर्नुभएमा २०% वा अधिकतम रु.२,५०० सम्म छुटको पाउनेछन् ।
दशैं धमाका योजनामा बैंकको कार्डबाहक महानुभावहरुले कार्डको माध्यमबाट अनलाइन भुक्तानी गरी २०% सम्मको छुटसहित विभिन्न किसिमका अग्रणी राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डका सामानहरु खरिद गर्न सक्नेछन् ।
बैंक अफ काठमाण्डू लिमिटेडले ९० शाखा कार्यालयहरु, ८१ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।