राष्ट्रिय वाणिज्य बैंकका यी १३ शाखाबाट नयाँ नोट पाइन्छ, कुन–कुन हुन् ? « Arthapath.com
१२ आश्विन २०७८, मंगलवार

राष्ट्रिय वाणिज्य बैंकका यी १३ शाखाबाट नयाँ नोट पाइन्छ, कुन–कुन हुन् ?



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट नयाँ नोट साट्ने ब्यवस्था मिलाएको छ । बैंकले उपत्यकाका विभिन्न १३ स्थानका शाखाबाट दशैंका लागि नयाँ नोट साट्ने व्यवस्था गरेको हो ।

बैंकले हरेक दिन बिहान ११ बजेदेखि २ बजेसम्म र शुक्रबारका दिन ११ बजेदेखि १ बजेसम्म नयाँ नोट साट्न सकिने व्यवस्था गरेको हो ।

बैंकले मुख्य शाखा कार्याल्य विशालबजार, वानेश्वर, नक्साल, टेकु, महाराजगञ्ज, बालाजु, सिंहदरवार परिसर, पुतलीसडक, ललितपुर लगनखेल, लुभु, सूर्यविनायक र सानामिठीबाट नयाँ नोट साट्न सकिने बैंकले जनाएको छ ।

बैंकका अनुसार एक शाखा कार्यालयबाट दैनिक १ सय जना ग्राहकहरुको लागि मात्र प्रतिव्यक्ति बढी एक–एक प्याकेटका दरले १८ हजार ५ सय रुपैयाँ सटही सुविधा उपलब्ध हुने बैंकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्