इन्भेष्टमेन्टको लाभांश संशोधन, बोनस सेयर बढ्यो नगद घट्यो « Arthapath.com
३ कार्तिक २०७८, बुधबार

इन्भेष्टमेन्टको लाभांश संशोधन, बोनस सेयर बढ्यो नगद घट्यो



काठमाडौँ । नेपाल इन्भेस्टमेन्ट बैङ्कले गत आर्थिक वर्षको मुनाफाबाट शेयर धनीहरुलाई वितरण गर्ने लाभांश संशोधन गरेको छ । बैङ्कले यसअघि गरेको लाभांशमा संशोधन गरेको हो । 

बैङ्कले कुल लाभांश १६ प्रतिसतनै कायम गरेको छ । यसअघि सेयर धनीलाई ११.२४ प्रतिशत बोनस शेयर र ४.७६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो । अहिले बोनस सेयर बढाएको छ भने, नगद घटाएको छ । 

इन्भेस्टमेन्ट बैङ्कले अब शेयर धनीहरुलाई १२.६११ प्रतिशत बोनस शेयर र ३.३८९ प्रतिशत नगद लाभांश गरी कुल १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैङ्कले नियामक निकाय नेपाल राष्ट्र बैङ्कको निर्देशन अनुसार नगद लाभांश घटाएको हो । 

कात्तिक २ गते बसेको बैङ्कको सञ्चालक समितिको बैठकले लाभांश संशोधन गर्ने निर्णय गरेको छ । बैङ्कले अघि गरेको लाभांश प्रस्ताव संशोधन भएपछि अव राष्ट्र बैङ्कबाट स्वीकृति भएर साधारण सभाबाट पारित भएपछि वितरण गर्नेछ । 

हाल बैङ्कको चुक्ता पुँजी १६ अर्ब २५ करोड ७३ लाख २९ हजार ५०० रुपैयाँ छ । १२.६११ प्रतिशतका दरले २ अर्ब ५ करोड २ लाख ११ हजार ८२३ रुपैयाँको बोनस शेयर वितरण पश्चात बैङ्कको चुक्ता पुँजी १८ अर्ब ३० करोड ७५ लाख ४१ हजार ३२३ रुपैयाँ पुग्नेछ ।

Tags :

प्रतिक्रिया दिनुहोस्