५४ प्रतिशतले बढ्यो एनसीसी बैंकको खुद नाफा, प्रतिशेयर आम्दानी कति ?
काठमाठडौं । नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कुत वित्तिय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार बैंकको खुद नाफा ५४ प्रतिशतले बढेर ५१ करोड ८० लाख रुपैयाँ भएको छ । गत आर्थिक वर्षको सोही अवधीमा बैंकले ३३ करोड ४५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
बैंकको वितरण योग्य नाफा पनि उकालो लागेको छ । यस्तो नाफा ५७ प्रतिशतले बढेर ७२ करोड ४ लाख पुगेको छ । र्सावजनिक विवरण अनुसार ९३ करोड ६८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो १७ प्रतिशतले बढेको हो । यस्तै बैंकको नेट फि तथा कमिशन आम्दानी ४२.७९ प्रतिशत र सञ्चालन मुनाफा पनि ५७.६९ प्रतिशतले उकालो लागेको छ ।
बैंकको निक्षेप संकलन ७.८८ प्रतिशतले बढाएर १ खर्ब १५ अर्ब ७ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । पहिलो दिन महिनामा बैंकको कर्जा प्रवाह १५.४७ प्रतिशतले बढेर १ खर्ब ९ अर्ब १५ करोड पुगेको छ ।
चुक्ता पूँजी १० करोड ३१ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ३७ करोड ९८ लाख रुपैयाँ रहेको छ ।
समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी ५ रुपैयाँ ७८ पैसाले बढेर २० रुपैयाँ ९ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ १४५ रुपैयाँ ८० पैसा र मूल्य आम्दानी अनुपात १४.९८ गुणा रहेको छ ।