सिटिजन्स बैङ्कको पन्ध्रौँ वार्षिक साधारण सभाबाट १६ प्रतिशत लाभांश पारित, मैनाली र कार्की सञ्चालक निर्वाचित « Arthapath.com
१७ कार्तिक २०७८, बुधबार

सिटिजन्स बैङ्कको पन्ध्रौँ वार्षिक साधारण सभाबाट १६ प्रतिशत लाभांश पारित, मैनाली र कार्की सञ्चालक निर्वाचित



काठमाडौँ । सिटिजन्स बैङ्कको पन्ध्रौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।  बैङ्क सञ्चालक समितिका अध्यक्ष राजनसिंह भण्डारीको अध्यक्षतामा मङ्गलवार केन्द्रीय कार्यालय नारायणहिटी पथ दरबारमार्ग काठमाडौँमा सम्पन्न भएको छ । 

बैङ्कले आ.व. २०७७/७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको छ । बैङ्कको लेखा परीक्षकको प्रतिवेदनसहित २०७८ आषाढ मसान्तको वासलात, वित्तीय विवरणहरू छलफल गरी स्वीकृत गरी पारित गरेको छ । 

आर्थिक वर्ष २०७७÷७८ को मुनाफाबाट १६ प्रतिशत लाभांश पारित गरेको छ ।  बैङ्कले सेयर धनीलाई १२.९१३ प्रतिशतका दरले हुन आउने १६ करोड २४ लाख ५० हजार ८ सय ९१रुपैयाँ १० पैसा बराबरको बोनस शेयर वितरण गर्ने र ३.०८७  प्रतिशतका दरले हुन आउने  ३८ करोड ८२ लाख ५६ हजार ८ सय ७ रुपैयाँ २४ पैसा बराबरको नगद लाभांश (कर समेत)० दिने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ । बोनस शेयर वितरण पछि बैङ्कको चुँत्ता पुजी १४ अर्ब २० करोड पुगेको छ । 

साथै सोही साधारण सभाले सर्वसाधारणको तर्फबाट  प्रकाश चन्द्र मैनाली  र विजय ध्वज कार्कीलाई सञ्चालक समितिमा निर्विरोध निर्वाचित गरेको छ । 

सिटिजन्स बैङ्कले आर्थिक वर्ष २०७८÷७९ को पहिलो त्रैमासिक सम्ममा करिब १ खर्ब ४६ अर्ब  निक्षेप सङ्कलन गरी १ खर्ब ३३ अर्ब ऋण प्रवाह गरेको छ । यस बैङ्कले सोही अवधि भित्र ६९ करोड खुद मुनाफा आर्जन गरेको छ । 

सिटिजन्स बैङ्कले देशै भरी फैलिएका आफ्ना १७४  वटा शाखा,  १२३  वटा ए.टी.एम. र ११२   वटा शाखा रहित बैंकिङ्ग इकाईहरूबाट करिब १२  लाख ५० हजार  ग्राहक वर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरू प्रदान गर्दै आएको छ । 


प्रतिक्रिया दिनुहोस्