बैंकर्स संघको नयाँ अध्यक्षमा अनिल उपाध्याय निश्चित

काठमाडौं । नेपाल बैंकर्स संघको अध्यक्षमा अनिलकु्मार उपाध्याय निर्विरोध निर्वाचित हुने भएका छन् । संघका अध्यक्ष भुवन दाहालको दुई वर्षे कार्यकाल सकिएसँगै आगामी कार्यकालका लागि उपाध्याय निर्विरोध निवाचित हुने भएका हुन् । उनी अहिलेको कार्यकालमा उपाध्यक्ष छन् भने कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् ।
कात्तिक २३ गते हुने निर्वाचनको लागि बुधबार २ बजेसम्म मनोनयन गर्ने समय तोकिएको थियो । अध्यक्षका लागि उपाध्याय उपाध्यायको मात्रै आवेदन परेको संघका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनिल शर्माले जानकारी दिएका छन् ।