सनराइज बैंकको शाखारहित बैंकिङ्ग सेवा « Arthapath.com
१८ कार्तिक २०७८, बिहीबार

सनराइज बैंकको शाखारहित बैंकिङ्ग सेवा



काठमाडौं । सनराइज बैंकले बाँके जिल्लाको जानकी गा.पा.वडा नं.– ०४, खजुराखुर्दमा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । सो शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसंगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या ७९ पुगेको छ ।

बैंकले जानकी गा.पा. वडा नं.– ०४, खजुराखुर्दमा खोलेको शाखारहित बैंकिङ्ग सेवाको व्यावसायिक प्रतिनिधिका रुपमा ललिता मिश्रलाई नियुक्त गरेको छ ।

मंगलबार आयोजित शाखारहित बैंकिङ्ग सेवा उदघाटन कार्यक्रममा जानकी गा.पा.का अध्यक्ष भुमिसरा धिताल र सनराइज बैंक नेपालगंज शाखाका शाखा प्रबन्धक अनिल बज्राचार्यले गरे ।

सो अवसरमा बैंकिङ्ग सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखा रहित बैंकिङ्ग सेवा अन्तर्गत ए.टि.एम कार्ड मार्फत कारोबार गर्न सकिने तथा यस सेवाबाट ग्राहकवर्गले निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिलभुक्तानी जस्ता सेवाहरु लिन सकिने बैंकले जनाएको छ । कृषि र रेमिट्यान्स प्रमुख आय स्रोत रहेको सो क्षेत्रका बासिन्दाहरुमा बैंकिङ्ग पहुँच बढाउने उद्देश्यका साथ बैंकिङ्ग सेवा सुरु गरेको बैंकले जनाएको छ ।

हाल सम्म सनराइज बैंकले १३९ वटा शाखा, ७९ वटा शाखारहित बैंकिङ्ग सेवा, १२ वटा एक्सटेन्सन काउण्टर र १५८ वटा ए.टि.एम मार्फत आफ्ना ७ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा नेपालका अन्य स्थानहरुमा पनि बैकिङ्ग सेवा संचालन गर्दै जाने योजना रहेको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्