भाइटिकामा डिजिटल दक्षिणा दिँदा मेगा बैङ्कको क्यासब्याक, अरू पनि यस्ता छन् छुट अफर

काठमाडौँ । मेगा बैङ्क नेपालले ग्राहकहरूलाई तिहारमा विशेष अफर ल्याएको छ ।
डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले मेगा बैङ्कले तिहारमा उपहार स्वरूप “इ–तिहार च्याम्पियन” र “मेगा मार्ट च्याम्पियन” ल्याएको हो ।
“इ–तिहार च्याम्पियन” भाइटिकाको दिनलाई लक्षित गरी ल्याइएको हो । भाइटिकामा डिजिटल दक्षिणा दिँदा १५ प्रतिशत अर्थात् ५०० रुपैंयासम्म क्यासब्याक पाइने भएको छ । यसका लागि मेगा स्मार्ट बैङ्किङको प्रयोग गरेर ग्राहकहरूले भाइटिकाको दिन दक्षिणा दिन सक्ने व्यवस्था मिलाइएको छ ।

यसै गरी, “मेगा मार्ट च्याम्पियन” लक्ष्मी पूजाको दिनदेखि भाइटिकाको दिनसम्मका लागि ल्याइएको छ । यस अभियानमा मेगा बैङ्कका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहकहरूले घरायसी सामान खरिद गर्दा १० प्रतिशत अथवा ३०० रुपैंयासम्म छुटको व्यवस्था गरिएको मेगा बैङ्कले जनाएको छ ।
मेगा बैङ्कका ग्राहकहरूले घरमै बसी प्रविधिको माध्यमबाट यी दुवै अफरबाट अधिकतम लाभ लिन सक्नेछन् ।