बैंकर्स संघमा पहिलो पटक सरकारी बैंकबाट नेतृत्व, को बन्ला उपाध्यक्ष ? « Arthapath.com
२२ कार्तिक २०७८, सोमबार

बैंकर्स संघमा पहिलो पटक सरकारी बैंकबाट नेतृत्व, को बन्ला उपाध्यक्ष ?



काठमाडौं । बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको क्लब नेपाल बैंकर्स संघमा भोलि नयाँ नेतृत्वले कार्यभार सम्हाल्दै छ । संघको दुई वर्षे कार्यकाल सकेर वर्तमान अध्यक्ष भुवन दाहालले नयाँ बन्ने अध्यक्ष अनिलकुमार उपाध्यायलाई पद हस्तान्तरण गर्ने छन् ।

उपाध्याय हालको कार्यकालमा कार्य समिति उपाध्यक्ष छन् । उनी अध्यक्ष भएसँगै पहिलो पटक बैंकर्स संघका सरकारी बैंकको सीईओ अध्यक्ष बन्ने छन् । उनी कृषि विकास बैंकको सीईओ हुन् । यससँगै अबको उपाध्यक्ष को बन्ला भन्ने चासो पनि बढ्न थालेको छ । उपाध्यक्षलाई भावि कार्यकालको अध्यक्षका रुपमा हेरिने भएकाले पनि यस पदमा चासो बढेको हो ।

भोलि अपराह्न ४ बजे काठमाडौंमा एक समारोहबीच बैंकर्स संघको नयाँ नेतृत्व चयन हुने छ । नयाँ कार्यसमितिमा हाल सदस्य रहेका केही बैंकर पुनः सदस्य दोहोरिने छन् । अनुपमा खुञ्जेली, दिपककुमार दे, कृष्णबहादुर अघिकारी र सुनिल केशी कार्यसमितिमा पुनः आउने छन् ।

संघको उपाध्यक्ष पनि यिनै ४ जनामध्येबाट कोही एक जना चुनिन सक्ने छन् । सदस्यमध्येबाट एक जना उपाध्यक्ष चुनिने प्रचलन छ । नयाँ कार्यसमितिमा रोशनकुमार न्यौपाने र अजय शाह नयाँ सदस्यका रुपमा थपिने भएका छन् । थप एक जना सदस्य भने पछि मनोनित हुने बैंकर्स संघको सचिवालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्