प्राइम बैंकले घोषणा गर्यो १६% प्रतिशत लाभांश, बोनस सेयर कति ?

काठमाडौँ । प्राइम कमर्सियल बैङ्कले सेयर धनीलाई १६.६३१३% लाभांश दिने घोषणा गरेको छ । बैङ्कको सोमबार बसेको सञ्चालक समितिको बैठकले सो लाभांश घोषणा गरेको हो ।
बैङ्कको आर्थिक वर्ष २०७७÷७८ को मुनाफाबाट प्रति शेयर १६.६३१३% लाभांश प्रस्ताव गर्ने निर्णय गरेको छ । जस मध्ये १६% का दरले बोनस शेयर र ०.६३१३% का दरले कर समायोजनको लागी नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
प्रस्तावित बोनस शेयर र नगद लाभांश नेपाल राष्ट्र बैङ्कबाट स्वीकृति पछि र बैङ्कको वार्षिक साधारण सभाबाट पारित भए पश्चात् प्रदान गरिने छ ।