बैंकर्स संघमा नयाँ कार्यसमिति, उपाध्याय अध्यक्ष र केसी उपाध्यक्ष चयन « Arthapath.com
२३ कार्तिक २०७८, मंगलवार

बैंकर्स संघमा नयाँ कार्यसमिति, उपाध्याय अध्यक्ष र केसी उपाध्यक्ष चयन



काठमाडौं । नेपाल बैंकर्स संघमा नयाँ कार्यसमिति चयन भएको छ । भर्खरैमात्र नयाँ कार्यसमिति घोषणा भएको हो । यस अनुसार कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल उपाध्याय अध्यक्ष बनेका छन् ।

एनएमबी बैंकका सीईओ सुनिल केसी उपाध्यक्ष चुनिएका छन् । अरु ७ जना सदस्य चुनिएका छन् । सदस्यहरुमा लक्ष्मी बैंकका सीईओ अजयविक्रम शाह, मेगा बैंकको सीईओ अनुपमा खुञ्जेली, नेपाल एसबीआई बैंकको सीईओ दिपककुमार दे, नेपाल बैंकका सीईओ कृष्णबहादुर अघिकारी, एनआईसी एसिया बैंकका सीईओ रोशन न्यौपाने, माछापुच्छ्रे बैंकका सीईओ सन्तोष कोइराला र सनराइज बैंकका सीईओ सुमन शर्मा छन् ।

नयाँ कार्यसमितिले आगामी दुई वर्ष बैंकर्स संघको नेतृत्व गर्ने छ । यस अघिका अध्यक्ष भुवन दाहालले दुई वर्षे कार्यकाल पुरा गरेका छन् । बैंकर्स संघ भनेको बाणिज्य बैंकका सीईओहरुको क्लब हो । यो संस्थामा जोकोही सीईओ रहुन्जेल सदस्य हुन्छ, सीईओ पदबाट हटेपछि उसको सदस्यता स्वतः खारेज हुन्छ । अहिले २७ बाणिज्य बैंकका २७ जना सीईओहरु यो संस्थाका साधारण सदस्य छन् ।


प्रतिक्रिया दिनुहोस्