ठुलालाई रोकेर सानालाई कर्जा दिन बैङ्कहरूलाई अर्थमन्त्रीको निर्देशन « Arthapath.com
२६ कार्तिक २०७८, शुक्रबार

ठुलालाई रोकेर सानालाई कर्जा दिन बैङ्कहरूलाई अर्थमन्त्रीको निर्देशन



काठमाडौँ । अहिले बैङ्किङ क्षेत्रमा तरलता अभाव भएपछि बैङ्कहरूले कर्जाको मागलाई थेग्न सकेका छैनन् । बैङ्कहरू अहिले कर्जा रोकेर बसेका छन् । जसले साना निम्न आय भएकालाई असर परेको भन्दै अर्थमन्त्री जनार्दन शर्माले चासो राखेका छन् । 

शर्माले शुक्रबार बैंकर्स सङ्घका नवनियुक्त पदाधीकारीहरुलाई बोलाएर साना तथा मझौला कर्जामा ध्यान दिन आग्रह गरेका छन् ।

सिंहदरबारस्थित अर्थ मन्त्रालयमा आयोजित छलफलमा अर्थमन्त्री शर्माले कर्जा बैङ्कहरूले धेरै दिएको देखिएको तर सर्वसाधारण जनताले नपाएको दुखेसो गरेका छन् । 

अहिले वित्तीय क्षेत्रमा धेरै कर्जा प्रवाह भएको तर मुलुकको आर्थिक विकासमा यसले खासै उपलब्धि नल्याएको बताए । कर्जा प्रवाह भएअनुसार देशको आर्थिक विकास नभएको अर्थमन्त्री शर्माले बैंकरहरुलाई जानकारी गराए । 

छलफलमा बैंकर सङ्घका नवनियुक्त अध्यक्ष अनिल उपाध्यायलगायतको टिम पुगेको थियो । बैंकर्स सङ्घका अध्यक्ष उपाध्यायले सरकारले गर्ने विकासका खर्च बेलैमा गरेर बजारको तरलता अभाव टार्न सहयोग गर्नुपर्ने बताएका छन् । 


प्रतिक्रिया दिनुहोस्