अष्ट्रेलियामा रहेका नेपालीहरुलाई प्रभु बैंकको सेवा « Arthapath.com
२६ कार्तिक २०७८, शुक्रबार

अष्ट्रेलियामा रहेका नेपालीहरुलाई प्रभु बैंकको सेवा



काठमाडौं । प्रभु बैंकले अष्ट्रेलियमा रहेका नेपालीहरुलाई बैंकको सेवा दिने भएको छ । बैंकले ‘फरेक्स स्पोर्ट’ मार्फत शाखा कार्यालय र प्रभु रेमिट्यान्सका एजेन्टहरुबाट भुक्तानी लिने गरी रकम पठाउन सक्ने व्यवस्था गरेकाले अष्ट्रेलियामा रहेका नेपालीहरुले उक्त सुविधा प्रयोग गर्न सक्ने जनाएको छ । बैंकले सामाजिक सञ्जाल फेशबुक पेजमार्फत यस्तो जानकारी गराएको हो ।

‘अष्ट्रेलियामा रहेका नेपालीहरुले ‘फरेक्स स्पोर्ट’ मार्फत नेपालमा रहेका प्रभु बैंकका २१४ शाखा र प्रभु रेमिट्यान्सका १६ हजार एजेन्टहरुबाट भुक्तानी लिने गरी रकम पठाउन सक्ने व्यवस्था गरिएको छ ।’ उक्त सुविधा प्रभु बैंकको खातामा मात्रै नभएर अन्य बैंक तथा वित्तीय संस्थाको खातामा समेत तत्काल रकम जम्मा गर्न सकिने बैंकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्