माछापुच्छ्रे बैंकले ल्यायो एमबिएल कार्डलेस वीथड्र सेवा

काठमाडौं । बैंकिङ्ग क्षेत्रमा विभिन्न ट्रेण्ड सेट गर्दै आइरहेको माछापुच्छ्रे बैकले विशेष गरी डिजीटल बैंकिङ्गमा अनुसन्धान र खोजलाई प्राथमिकता राख्र्दै नविनतम सेवा र सुविधाहरु आफ्ना ग्राहकहरु माझ संचालन गर्दै आएको छ ।
बैंकले समयसापेक्ष अत्याधुनिक प्रविधिको प्रयोगलाई प्राथमिकता दिदै ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै तथा डिजिटल बैंकिङ्ग सुविधाहरुलाई हरेक तह र तप्कासम्म पुर्याउने उद्धेश्यले एमबिएल कार्डलेस वीथड्रल (MBL CARDLESS WITHDRAWAL) सेवा बैंकले संचालनमा ल्याएको हो ।

हाल डेबिट कार्ड प्रयोग गरी एटिएमबाट रकम झिक्दै आएका हाम्रा ग्राहकहरूले अब सहजै मोबाइल बैंकिङ सेवा उपयोग गरी Cardless Withdrawal Option गई यस बैंकको एटिएमहरु बाट नगद झिक्न सक्नुहुनेछ । यस प्रक्रियामा आएको ओटीपी कोड भने गोप्य र सुरक्षित राखी कारोबार गर्न बैंकले आफ्ना ग्राहकहरूलाई अनुरोध गर्दछ ।