शतप्रतिशत हकप्रद निष्काशन गर्न नारायणी डेभलपमेन्ट बैंकले पायो बोडबाट अनुमति

काठमाडौं । शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्न नारायणी डेभलपमेन्ट बैंकले अनुमति पाएको छ । नियामक निकाय नेपाल धितोपत्र बोर्डले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्न आज शुक्रबार अनुमति दिएको हो ।
.बोर्डबाट अनुमति पाएसंगै बैंकले १ बराबर १ को अनुपातमा हाल कायम चुक्ता पूँजी १३ करोड १२ लाख ३३ हजार ८ सय रुपैयाँको १ सय प्रतिशत १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ ।
गएको माघ १६ गते सम्पन्न भएको बैठकले १ सय प्रतिशत निष्काशन गर्ने प्रस्ताव पारीत गरेको थियो । बैंकको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।