लाभांश प्रस्ताव पारीत गर्न शाइन रेसुङ्गा बैकले बोलायो साधारण सभा, बुक क्लोज कहिले ? « Arthapath.com
८ मंसिर २०७८, बुधबार

लाभांश प्रस्ताव पारीत गर्न शाइन रेसुङ्गा बैकले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?



काठमाडौ । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले साधारण सभा बोलाएको छ । बैंकले लाभांश तथा अन्य प्रस्ताव पारीत गर्न मंसिर २९ गते महाराज रिसोर्ट रुपेन्देहीमा १३ औं वार्षिक साधारण सभा बोलाएको हो ।

साधारण सभाले बैंकको हाल काया चुक्ता पुजीको १०.९३ प्रतिशत बोनस शेयर र बोनशको कर प्रयोजनको लागि ०.५७ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारीत गर्ने छ ।

साधारण सभामा अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशन सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालकको संख्या र समूहगत प्रतिनिधित्वमा परिवर्तन गरी सोही बमोजिम नियमावलीको सम्बन्धित नियम संशोधन गर्ने लगायतका प्रस्ताव साधारण सभामा पेश हुने छ ।

साधारण सभा मंसिर २९ गते महाराजा रिसोर्ट बुटवल रुपन्देहीमा १३ औं वार्षिक साधारण सभा बिहान ११ बजेबाट सुरु गर्ने छ ।

बैंकले साधारण सभा प्रयोजनार्थ मंसिर १७ गतेदेखि २९ गतेसम्म बुकक्लोज गर्ने छ । तसर्थ १८ गतेसम्म नेप्सेमा कायम शेयरधनीहरुले साधारण सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउने छन् ।


प्रतिक्रिया दिनुहोस्