ग्लोबल आइएमई बैंकको शेयर मुल्य समायोजन « Arthapath.com
१३ मंसिर २०७८, सोमबार

ग्लोबल आइएमई बैंकको शेयर मुल्य समायोजन



काठमाडौं । ग्लोबल आइएमई बैंकको शेयर मुल्य समायोजन भएको छ । नेप्सेले आज बैंकको शेयरमुल्य समायोजन गरेको हो । समायोजनपछि बैंकको शेयमुल्य ३ सय ३२ रुपैयाँ कायम भएको छ ।

हिजो आइतबार बैंकको अन्तिम शेयर कारोबारमुल्य ३६५।२० रुपैयाँलाई आधार मानेर नेप्सेले नयाँ मुल्य समायोजन गरेको हो ।

बैंकले गत आर्थिक वर्ष २०७७।७८ को नाफाबाट हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र ३.५० प्रतिशत नगद लाभांश गरी १३.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावलाई पारीत गर्न मंसिर १३ गते सोमबार साधारण सभा बोलाएको छ ।


प्रतिक्रिया दिनुहोस्