ईतिहास रच्दै एनएमबि बैंक एशियाकै उत्कृष्ट बैंक बन्यो « Arthapath.com
१५ मंसिर २०७८, बुधबार

ईतिहास रच्दै एनएमबि बैंक एशियाकै उत्कृष्ट बैंक बन्यो



काठमाडौं । एनएमबि बैक एशियाको सर्वाेत्कृष्ट बैंक बन्न सफल भएको छ । ‘बैंक अफ दि एशिया २०२१’ अवार्ड एनएमबि बैंकले प्राप्त गरेको छ ।बैंकलाई उक्त अवार्ड द फाईनान्सियल टाइम्सको द बैंकर म्यागेजिनले प्रदान गरेको हो । सो अवार्ड प्राप्त गर्ने एनएमबि बैंक नेपालको पहिलो बैंक हो ।

द फाईनान्सियल टाइमसको द बैंकर म्याजेजिनले हरेक एशियाका सस्टेनेबल बैंकहरु मध्ये उत्कृष्टलाई दिने गरेको छ । यो वर्ष छनौटमा परेका ४८ वटा मुलुकका बैंकहरुमा एनएमबि बैंकले अवार्ड हात परेको हो ।

कार्यक्रममा बोल्दै बैङ्कका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुनिल केसिले एसियामै सर्वोकृष्ट बैङ्क बनेर इतिहास रच्न सफल भएको बताए । उनले २००८ सालमा ग वर्गको फाइनान्स कम्पनीको रूपमा सुरु भएको बैङ्कले १३ वर्षमा यहाँ पुग्नु आफैमा गर्वको कुरा रहेको बताएका हुन । “बैङ्कले ढिलो अफठ्यारो र लामो बाटो रोजेका कारण एसियाकै सर्वोकृष्ट बैङ्क बन्न सफल भएको हो ” उनले भने ।

 तरलता अभाव भएको बेला विदेशबाट प्रैसा ल्याउने बैङ्क पनि एनएमबि भएको र आजको समयमा पनि बैङ्कले विदेशबाट पैसा ल्याउने गरेको बताएका छन् ।“२०/२५ वर्ष पुराना बैङ्क आफू हिँडेको बाटो हिँड्न खोज्दा हामीले हामी सफल भएको महसुस गरेका छौँ त्यस कारण यो अवार्ड हामीले पायौँ” उनले भने ।

उक्त कार्यक्रममा बैङ्कका अध्यक्ष पवन गोल्यानले ५।७ वर्ष यता आफुहरुले बैङ्कलाई अर्को गति दिएका कारण उक्त अवार्ड पाउन सफल भएको बताए । “बैङ्कलाई गाउँ गाउँमा पुराएर फरक बैकिङ पुराएर सेवा प्रदान गनुपर्ने र साना उद्योग व्यवसाय जन्माउन नसके नेपाल कहिले विकास हुन सक्दैन भनेर त्यसै अनुरूप बुकिङ सेवा दिएका कारण एसियाकै सर्वोकृष्ट बैङ्क बनेको हो ” उनले भने । 

कुर्षिलाई अगाडी बढाउनु आजको अबवश्यता रहेको भन्दै एनएमबि बैङ्क नेपालको माटोलाई सुहाउँदो नेपाली जनतालाई सुहाउने नेपाली जनताको बैङ्क बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

‘बैङ्क अफ दि एशिया २०२१’ अवार्ड सँगै बैङ्कले ‘ बैङ्क अफ द ईयर २०२१ ’ को अवार्ड पनि प्राप्त गरेको छ । बैङ्कले यसअघि पनि लगातार ३ पटक बैङ्क अफ द ईयर अवार्ड पाएको थियो ।  


प्रतिक्रिया दिनुहोस्