नबिल बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत « Arthapath.com
१५ मंसिर २०७८, बुधबार

नबिल बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत



काठमाडौं । नबिल बैंकको ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । नबिल बैंक लिमिटेड र नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) बीच “८∞ नबिल डिबेन्चर २०८५” ऋणपत्र सूचीकृत गर्ने सम्झौता भएको हो ।

नबिल बैंकको प्रतिइकाई १ हजार रुपैयाँ अंकित दरका २२ लाख ७ हजार १०८ कित्ता ईकाइ नेप्सेमा सूचीकृत भएको हो । सम्झौतामा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र नेप्सेको तर्पmबाट निमित्त प्रमुख कार्यकारी अधिकृत निरञ्जन फुयालले हस्ताक्षर गरेका छन् ।

बैंकले हिमालयन क्यापिटलमार्फत गत साउनमा ऋणपत्र निष्काशन तथा बिक्री गरेको थियो भने साउन ३१ गते बाँडफाँड गरेको थियो । सूचीकृत “८∞ नबिल डिबेन्चर २०८५” ऋणपत्रले (NBLD85) सिम्बोल पाएको छ । बैंकको ऋणपत्र भोलिदेखि दोश्रो बजारमा कारोबार शुरु हुनेछ । बैंकको ऋणपत्रको अवधि ७ बर्ष रहेको यस डिबेन्चरको भुक्तानी बि.स. २०८५ साउन ३० मा हुनेछ ।

नबिल बैंकको तर्फबाट यस डिबेन्चर कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका डिबेन्चरवालाहरुको लगत अद्यावधिक गरी राख्ने लगायतका रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्य नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडले गर्नेछ ।

सन् १९८४ मा स्थापित बैंकले हाल १३५ शाखा, १८८ एटिएम र १ हजार ५ सयभन्दा बढि नबिल रेमिट एजेन्टहरु मार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस्