परासीमा मेगा बैंकको नयाँ शाखा

काठमाडौं । मेगा बैंकले नयाँ शाखा सञ्चालनमा ल्याएको छ । मेगा बैंक नेपाल लिमिटेडले परासीमा नयाँ शाखा सञ्चालन गरेको हो ।
मेगा बैंकले लुम्बिनी प्रदेशको नवलपरासी जिल्ला (सुस्ता पश्चिम)को सदरमुकाम परासीस्थित रामग्राम नगरपालिका ३ मा नयाँ शाखा विस्तार गरेको हो । यो मेगा बैंकको २०३ औं शाखा हो ।
मेगा बैंकले यस आर्थिक बर्षमा १६ वटा नयाँ शाखा विस्तार गरिसकेको छ ।