सिभिल बैंकका अध्यक्ष प्रताप जङ्ग पाण्डेले लिए शपथ ग्रहण « Arthapath.com
२० मंसिर २०७८, सोमबार

सिभिल बैंकका अध्यक्ष प्रताप जङ्ग पाण्डेले लिए शपथ ग्रहण



काठमाडौं । सिभिल बैंकका नव नियुक्त अध्यक्ष पाण्डेले सपथ ग्रहण लिएका छन् । सिभिल बैंकका नवनियुक्त अध्यक्ष प्रतापजङ्ग पाण्डेलाई नेपाल राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीले पद तथा गोपनियताको शपथ गराएका हुन् । सिभिल बैंक लिमिटेडको संचालक समितिको ३६२ औं बैठकले प्रताप जङ्ग पाण्डेलाई अध्यक्षमा नियुक्त गरेको थियो ।

अध्यक्ष प्रताप जङ्ग पाण्डले बैंकलाई थप प्रभावकारी रुपमा अगाडि बढाउन सबै पक्षको सहयोगको अपेक्षा गरेका छन् । प्रचलित कानुन तथा नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशनहरुको पालना गर्दै संस्थागत शु–शासनलाई पहिलो प्राथमिकतामा राखि कार्य गर्ने प्रतवद्घता व्यक्त गरे । बैंकले गरिरहेको प्रगतिलाई कायम राख्दै अगामी दिनहरुमा अझ सशक्त रुपमा अगाडि बढाउँदै लग्ने र डिजिटाइजेशनमा नेपालको सबल बैंक बन्ने गरी कार्यहरु प्रारम्भ भईसकेको बताए ।


प्रतिक्रिया दिनुहोस्