सिटिजन्स बैंकद्वारा ८ लाख रुपैयाँभन्दा बढी नगद हस्तान्तरण « Arthapath.com
२२ मंसिर २०७८, बुधबार

सिटिजन्स बैंकद्वारा ८ लाख रुपैयाँभन्दा बढी नगद हस्तान्तरण



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले लघुवित्त परियोजनामा मृत्यु भएका ब्यक्तिलाई रकम हस्तान्तरण गरेको छ । बैंकले शाखा कार्यालय तौलिहवाका ग्राहक सब्रुन निशाको मृत्यु भएकामा मृतकका श्रीमान् जब्बर अली तेलीलाई ३ लाख ६५ हजार ७७४ रुपैयाँ र अर्का ग्राहक फूलमती कोरीको मृत्यु भएकामा निज मृतकका छोरा रामचन्द्र कोरीलाई ४ लाख ५४ हजार १२२ रुपैयाँ नगद हस्तान्तरण गरेको हो ।

सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले मंसिर २१ गते उक्त रकम हस्तान्तरण गरेका हुन् । लघुवित्त परियोजनामा आवद्ध ऋणीहरुको अनिवार्य जीवन बीमा गर्नुपर्ने हुन्छ । सोही बमोजिम मृत्यु भएका ग्राहकको काजक्रिया खर्च सहित बैंकले बीमा कम्पनीमा रकम दावी गरि ग्राहकका परिवारलाई बैंकले रकम हस्तान्तरण गरेको हो ।

सिटिजन्स बैंकले २ वटा प्रदेशका २१ वटा शाखा कार्यालयको लघुवित्त इकाई मार्फत करिव १४ हजार विपन्न महिलाहरुलाई लघुवित्त बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको बैंकका प्रमुख कार्यकारी अधिकृत पोखरेलले जानकारी दिए ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १७४ वटा शाखा, १२३ वटा एटिएम. र ११४ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १२ लाख ५० हजार ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस्