नेपाल एसबिआई बैंकले प्रोग्रेसिभ फाइनान्सका ग्राहकलाई गैर कोषमा आधारित बैकिंङ सुविधा दिने « Arthapath.com
८ असार २०८३, सोमबार

नेपाल एसबिआई बैंकले प्रोग्रेसिभ फाइनान्सका ग्राहकलाई गैर कोषमा आधारित बैकिंङ सुविधा दिने



काठमाडौं । नेपाल एसबिआई बैंकले प्रोग्रेसिभ फाइनान्सका ग्राहकहरुलाई आवश्यकता पर्ने गैर कोषमा आधारित बैकिंङ सुविधा उपलब्ध गराउने भएको छ । गैर कोषमा आधारित बैकिंङ सुविधा उपलब्ध गराउनेबारे दुबै संस्थबीच सम्झौता भएको हो ।

सम्झौता अनुसार प्रोग्रेसिभ फाइनान्सका ग्राहकहरुले नेपाल एसबिआई बैंकमार्फत लेटर अफ क्रेडिट, डकुमेन्ट अगेन्स्ट पेमेन्ट, डकुमेन्ट अगेन्स्ट असेप्टेन्स्, लोकल बैंक ग्यारेन्टी आदि सुविधा उपलब्ध गर्न सक्नेछन् ।

नेपाल एसबिआई बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत मोहम्मद रिजवान आलम र प्रोग्रेसिभ फाइनान्सका नायब प्रमूख कार्यकारी अधिकृत महेश्वर पहारीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

नेपाल एसबिआई बैंकका प्रमूख संचालन अधिकृत यादवेंद्र कांत, सल्लाहकार छपिराज पन्त, वरिष्ठ प्रबन्धक प्रविन मुनि बज्राचार्य, TFCPC प्रमूख पवन घिमिरे र प्रोग्रेसिभ फाइनान्सका कार्यकारी व्यवस्थापक शालिक राम चापागाईको समेत सम्झौता कार्यक्रममा उपस्थिति थियो ।


प्रतिक्रिया दिनुहोस्