खेलकुद बिकासको लागि सांग्रिला बैंकको सहयोग « Arthapath.com
२४ मंसिर २०७८, शुक्रबार

खेलकुद बिकासको लागि सांग्रिला बैंकको सहयोग



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले खेलकुद विकासको लागि सहयोग गरेको छ । नेपाल एपीएम टेबल टेनिस क्लबको आयोजनामा हुन लागेको प्रथम नेपाल एपीएम खुल्ला टेबल टेनिस प्रतियोगिताको मुख्य प्रायोजक सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड रहेको छ । साथै प्रतियोगिताको सहयात्री सिओम टेबल टेनिस रहेको बैंकले जनाएको छ ।

प्रतियोगिता पुष १ देखि ३ सम्म भैसीपाटि ललितपुर मा हुनेछ । प्रतियोगितामा सहभागि हुने खेलाडीको सख्या ३२० रहेको छ । सहभागी हुने खेलाडी नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलका बिभागीय टोली संगै स्थानीय क्लबका पनि हुने छन् ।

टेबल टेनीस खेल बिकासको लागि सांग्रिला डेभलपमेन्ट बैंकले गरेको सहयोग उल्लेखनिय रहेको कुरा एपीएम टेबल टेनिस क्लबले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्