१२.६३ प्रतिशत लाभांश पारित गर्न प्रभु बैंकको वार्षिक सधारण सभा आह्वान, बुकक्लोज कहिले ?

काठमाडौं । प्रभु बैंक लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । बैंकको मंसिर २२ गते बसेको सञ्चालक समितिको बैठकले २० औँ वार्षिक साधारण सभा पौष १८ गते, बैंकको केन्द्रिय कार्यालय, बबरमहल, काठमाडौँमा बिहान ११ बजे बोलाएको हो ।
बैंकको सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई चुक्ता पूँजीको १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.६३ प्रतिशत नगद गरी कूल १२ं.६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।
त्यस्तै, बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ पौष ४ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, पौष १ गते बिहीबारसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भइ कायम शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
