प्रभु बैङ्क रातमाटे शाखाद्वारा विद्यालयलाई कम्यूटर सहयोग « Arthapath.com
२४ मंसिर २०७८, शुक्रबार

प्रभु बैङ्क रातमाटे शाखाद्वारा विद्यालयलाई कम्यूटर सहयोग



प्रभु बैङ्क रातमाटे शाखाद्वारा क्याम्पसलाई कम्यूटर सहयोग काठमाडौँ । प्रभु बैङ्क नुवाकोट रातमाटे महादेव फाँट शाखाद्वारा क्याम्पसलाई कम्प्युटर सहयोग गरेको छ । बैङ्कले बुधवार वित्तीय साक्षरता कार्यक्रम गरी श्री महादेव क्याम्पसलाई एक थान अत्याधुनिक कम्प्युटर सहयोग गरेको छ । 

बैङ्कको शाखाले श्री महादेव क्याम्पसका ५० भन्दा बढी विद्यार्थीहरूलाई वित्तीय साक्षरता बारे पनि जानकारी गराएको बैङ्कका शाखा प्रमुख सुवर्णराज कँडेलले बताए ।

बैङ्ककाबैङ्कका शाखा प्रमुख कँडेलले क्याम्पस प्रमुख शङ्कर नेपाललाई कम्प्युटर हस्तान्तरण गरे । कार्यक्रममा कार्यवाहक वडाध्यक्ष काली बहादुर गुरुङको पनि सहभागिता रहेको थियो । 


प्रतिक्रिया दिनुहोस्