सांग्रिला डेभलपमेन्ट बैंकद्वारा मानवसेवा आश्रमलाई खाद्यान्न र रकम सहयोग

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक सेवा सम्वन्धि कार्य गर्दै आएको छ । बैंकले मंसिर २६ गते सामाखुसी, काठमाडौं स्थित मानवसेवा आश्रमलाई खाद्यान्न र रकम हस्तान्तण गरेको छ ।
घरवार विहिन, सडक पेटीमा वस्ने व्यक्तिहरु तथा मानसिक सन्तुुलन गुुमाएका ब्यतिmहरुलाई आवास सहितको सुविधा दिने उद्देश्यले ४ वर्ष अघि स्थापना भएको थियो । उक्त आश्रममा ७५ जना व्यक्ति आश्रय लिएर बसेका छन् ।
यस किसिमको सहयोगले प्रत्यक्ष लाभ प्राप्त हुनेमा वैंक विश्वस्त छ । संस्थालाई बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले खाद्यान्न र सहयोग रकम हस्तान्तरण गरेका थिए । उक्त सहयोगले आश्रमलाई मद्दत पुगेको कुरा व्यक्त गर्दै बैंकले निरन्तरता दिन सफल होस् भनि मानव सेवा आश्रम, सामाखुसीका संचालक श्रीमती यशोदा वर्तौलाले बताईन् ।
सांग्रिला डेभलपमेन्ट बैकले आफ्ना १०४ शाखा कार्यालय मार्फत समय–समयमा यस्ता सामाजिक उत्तरदायित्व वहन गर्दै आएको जनाएको छ ।