महालक्ष्मी विकास बैंकद्वारा निःशुल्क स्वास्थ्य शिविर संचालन

काठमाडौं । महालक्ष्मी विकास बैंकद्वारा निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ । “सबल बैंक , सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा २७ वर्ष देखि वित्तीय सेवा प्रदान गर्र्दै आएको महालक्ष्मी विकास बैंको सुकेधारा शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ ।
धुम्रबराह माध्यामीक विद्यालयको प्रागंणमा संचालित उक्त शिविरमा प्रमुखतस् कोभिड एन्टीजेन, रक्तचाप र सुगरको निस्शुल्क परिक्षण गरिएको छ । निःशुल्क स्वास्थ्य शिविरबाट करिव १०० जनाले सेवा लिएको बैंकले जनाएको छ ।
यस बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख ग्राहकहरुलाई उच्चस्तरीय वित्तीय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आइरहेको छ ।