मेगा बैंक सीईओको वार्षिक आम्दानी १ करोड १४ लाख रुपैयाँ, सञ्चालकको बैठक भत्ता साढे ६२ लाख रुपैयाँ « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

मेगा बैंक सीईओको वार्षिक आम्दानी १ करोड १४ लाख रुपैयाँ, सञ्चालकको बैठक भत्ता साढे ६२ लाख रुपैयाँ



काठमाडौं । मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनुपमा खुञ्जेलीको वार्षिक आम्दानी १ करोड १४ लाख रुपैयाँ भन्दा बढी रहेको छ । मेगा बैंककी सीईओ खुञ्जेलीले तलव तथा सेवा सुविधाबापत एक बर्षमा १ करोड १४ लाख रुपैयाँ भन्दा बढी बुझेकी हुन् ।

बैंकले सार्वजनिक गरेको वार्षिक प्रतिवेदन अनुसार सीईओ खुञ्जेलीले १ करोड २ लाख रुपैयाँ मात्रै बार्षिक तलब बुझेकी छिन् । त्यस्तै, सीईओले दशैं भत्ता ८ लाख ५० हजार रुपैयाँ र इन्धनबापत ३ लाख ७७ हजार ४५० रुपैयाँ लिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । यो सबै गरेर एक बर्षमा सीईओ खुञ्जेलीले १ करोड १४ लाख रुपैयाँ तलव तथा सेवा सुविधा बुझेकी हुन् ।

त्यस्तै, बैंकका प्रबन्धक तथा महाप्रबन्धकहरुले तलब ६ करोड ५७ लाख ५ हजार ७७६ रुपैयाँ, भत्ता ३ करोड ६६ लाख ७१ हजार ८६४ रुपैयाँ, सञ्चय कोष ६२ लाख ८६ हजार ५७७ रुपैयाँ, दशैं भत्ता ८३ लाख ६१ हजार ५७ रुपैयाँ र इन्धनबापत ५४ लाख २६ हजार ४९५ रुपैयाँ लिएको बैंकले जनाएको छ ।

सञ्चलाकहरुले बार्षिक रुपमा ६२ लाख ५८ हजार ३ सय रुपैयाँ बैठक भत्ता र मोबाइल तथा पत्रपत्रिका खर्चवापत १० लाख ८ हजार रुपैयाा रकम लिएका छन् ।


प्रतिक्रिया दिनुहोस्