पुस माघमा सरकारी खर्च बढ्छ, बैङ्कमा तरलता अभाव हुन नदिन सरकार तयार छ : अर्थमन्त्री शर्मा « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

पुस माघमा सरकारी खर्च बढ्छ, बैङ्कमा तरलता अभाव हुन नदिन सरकार तयार छ : अर्थमन्त्री शर्मा



काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले बैङ्कहरूमा तरलताको समस्या समाधान गर्न सरकार तयार रहेको बर्ताका छन् । बुधवार नेपाल उद्योग वाणिज्य महासङ्घले आयोजना गरेको नव उत्थान सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री शर्माले बेला बेलामा आई रहने तरलताको समस्या समाधानको लागी आफूले पहल थाल्ने बताए । 

बैङ्कमा लगानीयोग्य रकमको अभाव हुँदा उद्योगीले कर्जा नपाएको गुनासो आएपछि अर्थमन्त्री शर्माले यसको निर्घकालिन समस्या समाधानको लागी के नीति चाहिने हो सरकार तयार रहेको बताए । अर्थमन्त्री शर्माले बैङ्कको व्याज बढ्न नदिन के गर्न सकिन्छ आफू छलफल गर्न तयार रहेकोसमेत बताए । ‘के अहिले भैरेको ब्याजदरको समस्या राष्ट्र बैङ्कले नियन्त्रण गर्ने हो की बजारलाई पिर् छोड्दिने ?’ ब्याजदरको समस्या बजारलाई छोडेर जाने हो भनेर प्रश्न गरेका मन्त्री शर्माले बैङ्कहरूलाई एउटै धारणा बनाएर आउन आग्रह गरे ।  मन्त्री शर्माले ‘बैङ्क वित्तीय संस्थालाई सरकारको नीतिले कस्तो असर पारेको छ ? भन्नुहोस् हामी समाधान गर्न तयार छौँ ।’


ग्रामीण अर्थतन्त्रमा ध्यान दिउन् 

अर्थमन्त्री शर्माले बैङ्किङ सुविधा सबै क्षेत्रमा नपुगेको भन्दै गाउँ गाउँको पुँजी सङ्कलन गर्न आग्रह गरेका छन् । बैङ्कहरू बल्ल पालिकाको केन्द्रसम्ममा पुगेका छन् यसले गाउँको पुँजी परिचालनलाई रोक्न सकेन । मन्त्री शर्माले ग्रामीण अर्थतन्त्र पनि ठुलो हिस्सा छ । 

पुस माघमा सरकारी खर्च बढ्छ 

बजारमा तरलता सङ्कट गहिरिँदै गएपछि अर्थमन्त्री शर्माले विकास खर्च हुन नसकेको स्वीकार गरेका छन् । राजनीतिक परिस्थितिले केही ढिलाइ भएको हो अव हामी द्रुत गतिले विकास खर्च बढाउनेतर्फ लाग्छौँ । राजनीतिक अस्थिरताको कारण परेको असर अव छिट्टै समाधान हुने मन्त्री शर्माले बताए । मन्त्री शर्माले बैङ्कहरूले ४ महिनामा ३८७ अर्ब कर्जा बढाएको उल्लेख गदै उत्पादन र उद्योगमा लगानि भएको बताए ।


प्रतिक्रिया दिनुहोस्