निफ्रा बैंकको तेस्रो साधारण सभा सम्पन्न, बैंकका लगानीकर्ता मालामाल « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

निफ्रा बैंकको तेस्रो साधारण सभा सम्पन्न, बैंकका लगानीकर्ता मालामाल



काठमाडौं । पूर्वाधार विकास बैंकको रुपमा स्थापित नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को वार्षिक साधारण सभा सम्पन्न भएको छ । मंसिर २९ गते बुधबार बैंकको तेस्रो वार्षिक साधारण सभा अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वट, बत्तिसपुतली, काठमाडौंमा सम्पन्न भएको हो ।

बैंकको सभाको अध्यक्षता बैंक सञ्चालक समितिका अध्यक्ष अनुज अग्रवालले गरेका हुन् । वाष्र्कि सभामा बैंक सञ्चालक समितिका सदस्यहरु केदारनाथ शर्मा, चन्द्र प्रसाद ढकाल, लालमणि जोशी र शंकर प्रसाद अधिकारीको उपस्थिती थियो ।

त्यस्तै बैंकका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडा, नायव प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डे लगायत बैंकका उच्च तहका अधिकृतहरुको समेत उपस्थिती थियो ।

कोरोनाका कारण उत्पन्न स्वास्थ्य जोखिमबाट सुरक्षित हुन शेयरधनीहरुलाई अनलाईन माध्ययमबाट सहभागी हुन सक्नेगरी सभाको कार्यक्रम गरिएको थियो । सभामा प्रत्यक्ष रुपमा उपस्थित हुने शेयरधनीहरुलाई समेत स्वास्थ्य सम्बन्धी मापदण्डहरु पूर्ण पालना हुने व्यवस्था मिलाईएको थियो ।

बैंकको सभाले आर्थिक बर्ष २०७७÷७८ कोे सञ्चालक समितिको प्रतिवेदन र उक्त अवधिको वित्तीय विवरणहरु सर्वसम्मतिले पारित गरेको छ । सभाले आ.व. २०७७÷७८ को वित्तीय विवरण अनुसार आर्थिक वर्षको अन्त्यसम्मको संचित मुनाफा मध्ये वितरणयोग्य मुनाफाबाट चुक्ता पूँजी २० अर्ब रुपैयाँको ८ प्रतिशत बोनस शेयर प्रदान गर्ने र सोको कर प्रयोजनको लागि ०.४२ प्रतिशत नगद लाभांस वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

त्यस्तै, सर्बसाधारण शेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने २ (दुई) जना संचालक सुमन पोखरेल र लिमा अधिकारी आचार्य संचालक समितिमा निर्विरोध निर्वाचित हुनभएको छ ।


प्रतिक्रिया दिनुहोस्