राष्ट्रिय सहकारी बैंकको पूँजी ८ अर्ब पुर्याउने « Arthapath.com
१५ पुष २०७८, बिहीबार

राष्ट्रिय सहकारी बैंकको पूँजी ८ अर्ब पुर्याउने



काठमाडौं । राष्ट्रिय सहकारी बैंकको पूँजी ८ अर्ब रुपैयाँ पुर्याईने भएको छ । साधारणसभाबाट विनियम संशोधन गरेर ८ अर्ब रुपैयाँको पूाजी बनाइने भएको हो । हाल बैंकको विनिमयमा ३ अर्ब रुपैयाँ मात्रै पूँजी रहेको छ ।

बैंकको १८ औँ वार्षिक साधारण सभाले विनियम संशोधन गरेर ८ अर्ब रुपैयाँ पूँजी पुर्याइने जनाएको छ ।

बैंकको १८ औं साधारण सभा पौष १६ गते सुदूरपश्चित प्रदेशको धनगढीबाट सुरु हुँदैछ । उक्त सभाले पूँजी वृद्धिको प्रस्ताव पारित गर्नेछ । आर्थिक वर्ष २०७७–०७८ को असार मसान्त सम्ममा बैंकको शेयर पूँजी पुँजी २ अर्ब ८७ करोड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्