नविल–एनबि संयुक्त मर्जर कमिटीको बैठक बस्यो, स्वाप रेस्यो कति ? « Arthapath.com
१९ पुष २०७८, सोमबार

नविल–एनबि संयुक्त मर्जर कमिटीको बैठक बस्यो, स्वाप रेस्यो कति ?



काठमाडौँ । बहुप्रतिक्षीत नेपालको नम्बर १ नविल बैङ्कले नेपाल बङ्गलादेश बैङ्कलाई अक्वायर गर्ने भएको छ । १ महिनाअघि बङ्गलादेश बैङ्कको रणनीतिक साझेदार आईएफआईसि बैङ्कले आफ्नो स्वामित्वको ४१ प्रतिशत सेयर चौधरीले किन्ने सहमति भएको छ । 

कुनै अवरोध नआए यी दुई बैङ्कको मर्जरमा यसै साता एमओयूमा हस्ताक्षर हुनेछ । मर्जरको लागी सोमबार दुवै बैङ्कको मर्जर कमिटी र टप म्यानेजमेन्ट टिम छलफलमा जुटेको छ । सोमबार राजधानीको फाइभ स्टार होटेलमा मर्जरबारे छलफल चलिरहेको बैङ्क स्रोतले जनाएको छ । 

एनबि बैङ्कको सुस्तताले मर्जरमा ढिलाइ भएको हो । एनबि बैङ्कमा सीईओ रहेका ज्ञानेन्द्र ढुङ्गानाको कार्यकाल पुस १६ गतेपछि सकिएकाले मर्जरमा केही सुस्तता देखिएको हो । एनबि बैङ्कको साझेदार बंगालादेशको आईएफआइसि बैङ्क बाहिरिने भएपछि ढुङ्गानालेनै विनोद चौधरीलाई अप्रोज गरेका थिए । चौधरीले बङ्गाली लगानीकर्ताको ४१ प्रतिशत सेयर किनेर नविल बैङ्कमा गाभ्न सहमत भएपछि मर्जर अघि बढेको हो ।  

स्वाप रेस्यो कति ? 

करिब ६ महिनाअघि नविल बैङ्कले एनबि बैङ्कलाई गाभ्न कुरा चलाएको थियो । सो समयमा नविल बैङ्कले एनबी बैङ्कलाई प्रति १ सयको नविलको सेयर बराबर एनबिलाई २५ रुपैयाँ दिने प्रस्ताव गरेको थियो । नविलले युनाइटेड फाइनान्सलाई गाभ्दा ३५ रुपैयाँमा गाभेकाले एनबिले पनि सो समय ३५ रुपैयाँनै मागेको थियो । तर अहिले चौधरी आफैले ४१ प्रतिशत सेयर किन्ने भएपछि प्राइस बढाएको अन्य लगानीकर्ताको आरोप छ ।

अहिले नविलले एनबिलाई अहिलेको दुई बैङ्कको रिटर्न हेरेर भन्दा पनि माथि राखेर भ्यालुएसन गरेको बुझिएको छ । पहिले प्रति सेयर २५ रुपैयाँमा किन्न तयार चौधरी समूह अहिले ५५ रुपैयाँ दिन तयार देखिएको छ । यसले एनबि बैङ्कका लगानीकर्तालाई मालामाल हुने देखिएका छ । चौधरीलाई पनि बढी स्वाप दिएर किन्न पाए आफ्नो होल्डिङ भएको नविल बैङ्कको हिस्सा बढ्ने छ ।   

Tags :

प्रतिक्रिया दिनुहोस्