मर्जर असफल भएपछि लाभांश वितरणमा रोक, राष्ट्र बैंकले दुवै बैंकलाई यस्ता कारबाही गर्ने « Arthapath.com
३० पुष २०७८, शुक्रबार

मर्जर असफल भएपछि लाभांश वितरणमा रोक, राष्ट्र बैंकले दुवै बैंकलाई यस्ता कारबाही गर्ने



काठमाडौं । हिमालयन बैङ्क र नेपाल इन्भेस्टमेन्ट बैङ्कको अथक प्रयास ९ महिनापछि भाँडिएको छ । मर्जर पास हुन ७५ प्रतिशत शेयरधनीको बहुमत पुग्नुपर्छ । तर हिमालयन बैङ्कमा १४ प्रतिशत शेयर रहेको कर्मचारी सञ्चय कोषले मर्जरको विपक्षमा भोट गरेपछि मर्जर भाँडिएको हो । हिमालयन बैङ्कको अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठका् २१ प्रतिशत शेयर हिस्सा छ । दुवैले मर्जरको विपक्षमा भोट दिएपछि मर्जर प्रक्रिया नै रोकिएको हो ।

गत वैशाख ३० गते मर्जरमा जाने भन्दै एमओयू गरेका यी हिमालयन बैङ्क र नेपाल इन्भेस्टमेन्ट बैङ्कको अथक प्रयास ९ महिनापछि भाँडिएको छ ।

अव के हुन्छ कारबाही ?

नेपाल राष्ट्र बैंकले मर्जर प्रक्रियामा सम्झौता गरेर अन्तिममा नगर्ने बैंकलाई कारबाही गर्नेछ । नेपाल राष्ट्र बैंकले कानून अनुसार कारबाही गर्ने भएको हो ।

नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशक देव कुमार ढकालका अनुसार मर्जर भङ्ग गर्ने दुवै बैङ्कलाई नै कारबाही हुने बताएका छन् । मर्जरको लागी एमओयू गरेका हिमालयन र नेपाल इन्भेस्टमेन्ट बैङ्कका सञ्चालकलाई सचेत गराउने, आगामी ३ वर्षसम्म लाभांश वितरणमा रोक लगाउने, ३ वर्षसम्म बैङ्कले शाखा खोल्न पाउने छैनन् ।

राष्ट्र बैंकबाट पाउने नियामकिय सुविधा तथा पुनरकर्जा, एसएलएफ लगायतका मौद्रिक उपकरणहरु प्रयोग गर्न नपाउने भएको हो । राष्ट्र बैंकले सञ्चाललाई समेत सचेत गराउने छ ।

यसको ठुलो असर नेपाल इन्भेस्टमेन्ट बैङ्कलाई पर्ने देखिएको छ । इन्भेस्टमेन्ट बैङ्कले मर्जरमा जान सहमति जनाएको थियो ।

दुबै बैंकको मर्जर कमिटि बसेर राष्ट्र बैंकमा डिमर्जका लागि पत्राचार गर्नुपर्ने छ । उक्त पत्र पठाएमा राष्ट्र बैंकले मर्जर विनियमावलीअनुसार कारबाही गर्ने राष्ट्र बैंक बताउँछ । तर अर्को वाणिज्य बैंकसँग मर्जर गरे कारवाहीबाट बच्न सक्नछन् ।


प्रतिक्रिया दिनुहोस्