पुर्व अर्थमन्त्री एवं एमाले उपाध्यक्ष विष्णु पौडेल सुर्खेतबाट पक्राउ
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेल पक्राउ परेका छन् ।
पार्टीको चुनावी समीक्षा एवं पुनर्गठन कार्यदलको सुझाव संकलनका लागि सुर्खेत पुगेका पौडेललाई प्रहरीले साेमबार पक्राउ गरेकाे हाे । सुर्खेतबाट पक्राउ गरेर उनलाई काठमाडौं ल्याउन लागिएको
उनी सम्पति शुद्धिकरण सम्बन्धी अनुसन्धानमा पक्राउ परेका हुन् ।पौडेललाई पक्राउ गरेर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएकाे छ।












