मेगा बैंकका संस्थापक डा. दुमनसिंह थापाको निधन « Arthapath.com
१७ माघ २०७८, सोमबार

मेगा बैंकका संस्थापक डा. दुमनसिंह थापाको निधन



काठमाडौं । मेगा बैंक लिमिटेडका संस्थापक तथा एमालेका पूर्व सांसद डा दुमनसिंह थापाको निधन भएको छ । थापाको आईतवार ६२ बर्षको उमेरमा काठमाडौंको ह्याम्स अस्पतालमा निधन भएको परिवारले जनाएको छ ।

थापालाई कोरोना संक्रमण भएको थियो । थापाको करिब दुई बर्ष अगाडि मृगौला प्रत्यारोपण गरेको थियो । साथै ३ दिन अगाडि साइड इफेक्ट देखिएपछि ह्यम्सको सघन उपचार कक्षमा भर्ना गरिएको थियो ।

उनी अर्घाखाँची क्षेत्र नं. २ बाट संविधानसभामा तत्कालीन नेकपा एमालेबाट निर्वाचित भएका थिए । उनी मेगा बैंकका सञ्चालक थिए । उनले विकास र समाजशास्त्रमा विद्यावारिधि गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्