नेप्सेमा २६ अंकको पहिरो, म्युचुअल फण्ड बाहेक सबै उपसूचक राताम्य « Arthapath.com
९ असार २०८३, मंगलबार

नेप्सेमा २६ अंकको पहिरो, म्युचुअल फण्ड बाहेक सबै उपसूचक राताम्य



काठमाडाैं । साताकाे दाेस्राे काराेबार दिन मंगलबार पनि सेयर बजारमा दाेहाेराे अंककाे गरावट देखिएकाे छ। साेमबार १.४५ अंकले घटेकाे सेयर बजार मापक नेप्से परिसूचक आज २६.१६ अंकले घटेर २६ सय ७४ दशमलव ४८ बिन्दुमा राेकिएकाेछ।

यस दिन म्युच्युअल फण्ड बाहेक सबै सुमुहका उपसूचक राताम्य बनेका छन् । आज उत्पादन तथा प्रशाेधन १.९२, हाइड्राेपावर १.६३, व्यापार १.५७, फाइनान्स १.२७, हाेटल तथा पर्यटा १.११, लगानी १.०३, निर्जिवन बीमा १.०१ प्रतिशत घटेकाे छ।

आजकाे काराेबारमा २२ कम्पनीकाे सेयर मूल्य बढेकाे छ भने २३९ कम्पनीकाे सेयर मूल्य घटेकाे छ । यस्तै ११ म्पनिकाे सेयर मूल्यमा कुनै घटबढ भएकाे छैन ।

आज टक्सार पिखुवाखोला हाइड्रोपावर र याम्बालिङ्ग हाइड्रोपावरकाे सेयर मूल्य १४.९९ प्रतिशत बढेकाे छ।

नेप्सेसँगै यसदिन काराेबार रकम पनि घटेकाे छ। आज ३५३ कम्पनीकाे १ कराेड ४० हजार १६४ कित्ता सेयर ४ अर्ब ३६ कराेड २१ लाख ९४ हजार रूपैयाँमा काराेबार भएकाे छ।

हिजाे ८१ लाख ३८ हजार ४३३ कित्ता शेयर ४ अर्ब ४४ करोड ५६ लाख २० हजार रुपैयाँमा काराेबार भएकाे थियाे ।


प्रतिक्रिया दिनुहोस्