लक्ष्मी बैंकको ‘ब्राण्ड फिल्म’ निर्माणका लागी रचनात्मक क्राउडसोर्सिङ ‘Pro Version’ प्रतियोगिता « Arthapath.com
२० माघ २०७८, बिहीबार

लक्ष्मी बैंकको ‘ब्राण्ड फिल्म’ निर्माणका लागी रचनात्मक क्राउडसोर्सिङ ‘Pro Version’ प्रतियोगिता



काठमाडौं । लक्ष्मी बैंकले आउँदो २०औं वार्षिकोत्सवको उपलक्ष्यमा बैंकको ब्राण्ड फिल्म निर्माणका लागी अनुभवी निर्माता तथा एजेन्सिहरुका लागि क्राउडसोर्सिङ प्रतियोगिताको घोषणा गरेको छ । सो प्रतियोगिताको विजेताले लक्ष्मी बैंकको ब्राण्ड फिल्म निर्माण गर्नका लागि रु. २० लाखको कन्ट्र्राक्ट हात पार्नेछन् ।

यो प्रतियोगिता लक्ष्मी बैंकको ५ मूलमान्यताहरु मा आधारित रहेको छ – #Relationships, #Explorers, #Teamwork, #Responsible, #Progressive – जसको आधारमा बैंकले २० वर्षको गरिमामय यात्रा तय गर्न सफल भएको छ  ।

सबै प्रतियोगी इन्ट्रीहरूलाई एक्स्पर्ट प्यानलद्वारा प्राविधिक र रचनात्मक दुवै पक्षहरूलाई मध्यनजर गर्दै जज गरिनेछ । 

यस विषयमा थप जानकारीका लागी यहाँ क्लिक गर्नुहोस्: https://www.laxmibank.com/brand-film-contest/

सो प्रतियोगिता लक्ष्मी बैंकको Crowdsouring मा आधारित तेस्रो प्रतियोगिता हो । यस अघि बैंकले २०१८ मा ‘My Card Ideas’ र २०२० मा ‘My Mobile Money’ Video Contest मा उत्साहजनक सफलता पाइसकेको छ । बैंकले यस्तै अभियानहरुद्वारा ग्राहकहरुलाई आफ्ना रचनात्मक प्रतिभालाई कृयाशील बनाई बैंकको विविध अभियानहरुमा संलग्न हुने अवसर प्रदान गर्दै आइरहेको छ । 


प्रतिक्रिया दिनुहोस्