बैंक ! « Artha Path
२७ माघ २०७८, बिहीबार

बैंक !



काठमाडौं । बैंक शब्दको प्रयोग मध्ययुगिन इटालीमा सन् ११५७ मा ‘भेनिसको बैंक’ स्थापना भएपछि बोलीचालिको भाषमा आएको देखिन्छ । सामान्यतया मुद्रा तथा साखको कारोबार गर्ने व्यावसायिक संस्थाहरुलाई बैंक भन्ने गरिन्छ । जनताको धन जम्मा गर्ने र जनतालाई कर्जा प्रवाह गर्ने वित्तीय संस्थालाई बैंक पनि भन्ने गरिन्छ ।

नेपालमा विनिमयको लागि सिक्काको प्रचलन हुँदै औपचारिक बैंकिङ इतिहास ८ दशक भन्दा बढी भएको छ । बैंक एक स्वतन्त्र व्यावसायिक उद्यम संस्था हो । वि.स १९९४ मा नेपाल बैंकको स्थापना भएसँगै नेपालमा औपचारिक रुपमा बैंकको विकासक्रम शुरु भएको देखिन्छ । सन् १९९० को दशकमा नेपालले वाणिज्य बैंकिङ क्षेत्रलाई विदेशी सहभागिताका लागि बैंक खोलेको थियो । त्यसपछि धेरै संयुतm उद्यम बैंकहरु स्थापना भएका देखिन्छ ।

त्यसपछि नेपालमा वि.स. २०१३ मा अहिलेको केन्द्रीय बंैक ‘नेपाल राष्ट बैंक’ स्थापना भएको थियो । स्थापनाको सुरुवाती अवस्थादेखि केही दशकसम्म राष्ट्र बैंकले बैंकिङ कारोबारहरू गरेको थियो । तर पछिल्लो अवस्थामा राष्ट्र बैंकले अन्य निजी तथा सरकारी बैंकहरूको नियमन तथा सुपरिवेक्षण, संरक्षणको काम गर्दै आइरहेको छ । त्यसकारण नेपाल राष्ट्र बैंकलाई बैंकहरूको पनि बैंक अर्थात केन्द्रीय बैंक भनेर चिनिन्छ ।

राष्ट्र बैंकले सबै बैंकलाई नियम र परिधिमा बाँध्ने, सरकारलाई वित्तीय व्यवस्थापनका लागि जनतामा ऋणपत्रहरू जारी गर्ने, नोट निष्कासन तथा पुराना नोटहरूको व्यवस्थापन गर्ने, गलत वित्तिय गतिविधिहरूलाई रोक्ने, मौद्रिक नीति बनाउने र त्यसैअनुरूप बैंकिङ क्षेत्रलाई व्यवस्थापन गर्ने काम गर्दछ । हाल नेपालका सबै बैंक तथा वित्तिय कम्पनीहरू राष्ट्र बैंककै निर्देशनबमोजिम चल्दै आएका छन् । नेपाल राष्ट्र बैंक स्थापना भएको झण्डै १० बर्षपछि २०२२ मा राष्टिय वाणिज्य बैंक र २०२४ मा कृषि विकास बैंक स्थापना भएको थियो । नीजि क्षेत्रबाट भने विदेशी लगानीको सहयोगमा हालको नबिल बैंक स्थापना भएको थियो । २०४१ सालमा विदेशी बैंकको संयाुक्त लगानीमा नेपाल अरब बैंक (हाल नबिल बैंक) स्थापना भएको थियो ।

पछिल्लो समय बैंकको प्रभावकारीता निकै बढेको छ । नेपालको परिपेक्ष्यमा एक दशक अघिसम्म बैंकलाई खासै नबुझेका मानिसहरु बैंकिङ कारोबार गरिरहेका छन् । राष्ट्र बैंकको पछिल्लो तथ्याङ्क अनुसार कुल ७५३ स्थानीय तहमध्ये २०७८ पुससम्म ७५० तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएका छन् । राष्ट्र बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुको संख्या २०७८ पुस मसान्तमा १२९ रहेको छ । जसमध्ये २७ वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी, ६७ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक सञ्चालनमा छन् । बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या २०७८ असार मसान्तमा १०,६८३ रहेकोमा २०७८ पुस मसान्तमा ११,२१५ पुगेको छ ।

नेपालको सन्दर्भमा बैंक तथा वित्तीय क्षेत्रले गरिबी न्युनिकरण गर्न, भौगोलिक विकास गर्न लगायतका क्षेत्रमा योगदान रहेको देखिन्छ । साथै बैंक तथा वित्तीय संस्थाहरुले उद्यमशील क्षेत्रको समेत विकास गरेको पाइन्छ । पछल्लो समय विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीले डिजिटल बैंकिङ बढेको छ । बैंक तथा वित्तीय संस्थाले पनि यसलाई जोड दिँदै अब नगदरहित बैंकिङ कारोबारमा केन्द्रित बढेका थिए ।

गत असारसम्ममा कुल निक्षेपकर्तामध्ये १ करोड ४१ लाख ९४ हजार ८ सय ग्राहकले मोबाइल बैंकिङ कारोबार गर्न आवेदन दर्ता गरेका थिए । यद्यपि यसबीच वाणिज्य बैंकका १ करोड २६ लाख ३८ हजार, विकास बैंकका १५ लाख र वित्त कम्पनीका ५६ हजार ४ सय २३ ग्राहकले मोबाइल बैंकिङ कारोबारमा चासो देखाएका छन् । मोबाइल बैंकिङ कारोबार गर्न दर्ता गरेको संख्यामध्ये ७६.२४ प्रतिशत अर्थात् १ करोड ८ लाख ३५ हजार ग्राहकले मात्रै सक्रिय रूपमा प्रयोग गरेका छन् । यसबाहेकका २३.७६ प्रतिशत अर्थात् ३३ लाख ७२ हजार मोबाइल बैंकिङ ग्राहकले दर्ता मात्रै गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्