सहकारीको ६ करोड २५ लाख रुपैयाँ ठगी गरेको अभियोगमा २ जना पक्राउ « Arthapath.com
११ फाल्गुन २०७८, बुधबार

सहकारीको ६ करोड २५ लाख रुपैयाँ ठगी गरेको अभियोगमा २ जना पक्राउ



काठमाडौं । प्रहरीले सहकारीको ६ करोड २५ लाख रुपैयाँ ठगी गरेको आरोपमा संलग्न सहकारीकै अध्यक्ष र उपाध्यक्षलाई पक्राउ गरेको छ।

काठमाडौं महानगरपालिका ३१ पुरानो बानेश्वरस्थित भरोसा नेपाल बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष सुरज बस्नेत र उपाध्यक्ष शिव पाण्डेलाई पक्रेको हो।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोका अनुसार निक्षेपकर्ता सदस्यहरुले संस्थामा बचत तथा आवधिक खाता खोली जम्मा गरेको ६ करोड २५ लाख रुपैयाँ सहकारीका सञ्चालकहरुले हिनामिना गरी आफूखुसी सहकारी संस्थाको खातामा नराखी आफ्नै परिवारका सदस्य र आफन्तहरुका नाममा राखेको भन्दै प्रहरीमा जाहेरी परेपछि उनीहरुलाई नियन्त्रणमा लिइएको हो।

जाहेरीमा अध्यक्ष बस्नेत र उपाध्यक्ष पाण्डेले १५ जना निक्षेपकर्ताहरुको ६ करोड २५ लाख रुपैयाँ दुरुपयोग गरी भुक्तानी फिर्ता माग्दा निजहरुले सहकारी संस्थामा ताला लगाई फरार रही सहकारी ठगी कार्यमा संलग्न रहेको उल्लेख छ। सोही जाहेरीको आधारमा प्रहरीले पक्राउ गरी आवश्यक कानुनी कारबाही भइरहेको व्युरोले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्