सांग्रिला डेभलपमेन्ट बैंकको ११० औं शाखा जयनगर, मगरागढीमा « Arthapath.com
१३ फाल्गुन २०७८, शुक्रबार

सांग्रिला डेभलपमेन्ट बैंकको ११० औं शाखा जयनगर, मगरागढीमा



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ग्रामीण साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रम सँगै जयनगर (मगरागढी), बारवर्दिया नगरपालिका वडा नं. ६, बर्दियामा शाखा संचालनमा ल्याएको छ । बैंकले उक्त शाखा विहीबारदेखि संचालनमा ल्याएको हो ।

जयनगर (मगरागढी) शाखा कार्यालय संचालनमा आए सँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ्ग सुविधा पुग्ने विश्वास बैंकले लिएको छ ।

यो सँगै सांग्रिला डेभलपमेन्ट बैंकको कुल शाखा संख्या ११० पुगेको छ । उक्त शाखाको उद्घाटन बारबर्दिया नगरपालिकाका नगर प्रमुख दुर्गा बहादुर थारु (कबिर) तथा बैंकका अध्यक्ष अच्यूत प्रसाद प्रसाईद्वारा सामुहिक रुपमा गरेका हुन् ।

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ग्राहकलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिंदै आएकोमा शाखाको सञ्चालनबाट उक्त क्षेत्रका ग्राहकहरुलाई अझ सरल र सहज तरिकाले बैकिङ्ख सेवा लिने वातावरण बनेकोमा बैंक विश्वस्त रहेको छ ।

बैंकले हरेक सम्भावित क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना बनाएको छ ।


प्रतिक्रिया दिनुहोस्