सानिगाड हाइड्रोको आइपीओ पर्यो ? यसरी हेर्नुहोस् रिजल्ट !
काठमाडौं । सानिगाड हाइड्रो लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको प्राथमिक शेयर (आइपीओ) बाँडफाँड गरेको छ ।
कम्पनीले गत जेठ १८ गतेदेखि २१ गतेसम्म आइपीओ बिक्री गरेको थियो । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यका ४६ लाख ७४ हजार कित्ता आइपीओ सर्वसाधारणका लागि बिक्री गरेको थियो ।
उक्त आइपीओमा २७ लाख ५९ हजार ४९० जनाले आवेदन दिएको थिए । जसमा ७ लाख २७ हजार ५१५ जनाको आवेदन स्वीकृति भएको थियो ।
बढी आवेदन परेपछि गोलाप्रथाबाट ४ लाख ६७ हजार ४०० जनाले १०/१० कित्ताका दरले आइपीओ बाँडफाँड भएको हो ।
कम्पनीको बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड हो ।
तल दिएको लिंकमा गएर आइपीओ परेको नपरेको हेर्न सक्न्छि ।
मेरो शेयर: https://meroshare.cdsc.com.np/#/login
सीडीएस एन्ड क्लियरिङ: https://iporesult.cdsc.com.np/
लक्ष्मी सनराइज क्यापिटल: https://lscapital.com.np/












